Logo

२९ दिनपछी खुल्यो नेप्से, तिव्र गतिमा ओरालो लाग्दै

२९ दिनपछी खुल्यो नेप्से, तिव्र गतिमा ओरालो लाग्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ जेठ,काठमाडौं । बैशाख १२ गते आएको भूकम्पका कारण १३ गतेदेखि बन्द रहेको सेयर बजार २९औं दिनपछी खुलेको छ ।

भुकमपले सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) लिमिटेड रहेको शिखर बिजटावरमा क्षती पुगेकोले बन्द नेप्से आइतवारदेखि खुलेको हो । सिडिएससीको कार्यालय नेप्से भवनमा सारिएपछी कारोबार सुचारु भएको छ ।

सो भुकम्प अघि नेप्से बैशाख १० गते विहीवार ९ सय १९ अंकमा पुगेर बन्द भएको थियो ।

आज बजार खुलेको केही समय पछी सेयर बजार तिव्र रुपमा ओरालो लागेको छ । सो दिन साढे १ बजेसम्म नेप्से २१ दशमलव ६२ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL