Logo

६ अंकले घट्यो नेप्से, ट्रेडिङबाहेक सबै समुह रातो

६ अंकले घट्यो नेप्से, ट्रेडिङबाहेक सबै समुह रातो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२२ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ५ दशमलव ८४ अंकले घटेको छ । ९ सय ४० अंकबाट खुलेको सेयर बजार ९ सय ३४ अंकमा झरेर बन्द भएको छ ।

सो दिन कारोवारमा आएका मध्ये ट्रेडिङ बाहेक सवै समुहको परिसुचक ओरालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी २० दशमलव १४ अंकले घटेको छ । त्यस्तै होटलसुमहको ९ दशमलव २१ र बैंकिङ समुहको परिसुचक ६ दशमलव ५६ अंकले ओरला लागेको छ ।

त्यसैगरी अन्य समुहको ५ दशमलव ८७, जलविद्युतको ५ दशमलव २७, विकास बैंकको ३ दशमलव १८ र फाइनान्स समुहको परिसुचक ० दशमलव २७ अंकले घटेको छ ।

१ सय १३ कम्पनीको ५ लाख ८९ हजार कित्ता सेयरबाट १० करोड ३२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL