Logo

४ अंकले बढ्यो नेप्से, १७ करोडको कारोवार

४ अंकले बढ्यो नेप्से, १७ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ चैत, काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ३२ अंकले बढेको छ । सोमवार साढे ११ अंकले घटेको नेप्से मंगलवार बढेर ९ सय ६३ अंकमा पुगी बजार बन्द भएको छ ।

सो दिन कारोवारमा आएकामध्ये होटल र फाइनान्स बाहेक अन्य सबै समुहको परिसुचक बढेकोले समग्र नेप्से परिसुचक उकालो लागेको हो । सो दिन सवैभन्दा बढी बीमा समूहको परिसुचक ७ दशमलव ६३ अंकले बढेको छ । त्यस्तै जलविद्युतको ७ दशमलव २६,अन्य समुहको ७ दशमलव ०४ र बैंकिङ समुहको ५ दशमलव १ अंकले उकालो लागेको छ ।

उत्पादन तथा विकास बैंकको परिसुचक क्रमशः १ दशमलव १६ र ३ दशमलव०६ अंकले बढेको छ । यता होटल र फाइनान्स समुहको भने २३द शमलव ८९ र ०दशमलव ४६ अंकले ओरालो लागेको छ ।

१ सय ३६ कम्पनीको ३ लाख ३७ हजार १ सय ६३ कित्ता सेयर किनबेच बाट १७ करोड ११ लाखको परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL