Logo

नेप्सेमा उल्लेख्य सुधार, होटल र बीमा समुहको सुचकमा उच्च बृद्धि

नेप्सेमा उल्लेख्य सुधार, होटल र बीमा समुहको सुचकमा उच्च बृद्धि


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

laxmi

१४ फागुन,काठमाडौं । बिहीवार नेप्से परिसुचकमा उल्लेख्य सुधार आएको छ । बुधवार सामान्य घटेको नेप्से विहीवार ८ दशमलव ६५ अंकले बढेर ९ सय ७९ विन्दुमा पुगेको छ ।

सवैभन्दा बढी होटल समुहको परिसुचक उकालो लागेको छ । सो दिन होटल समुहको परिसुचक ७१ दशमलव ६५ अंकलेबढको छ । त्यस्तै दोश्रोमा बीमा समूहमा ४६ दशमलव ६३ अंकले बढेको छ ।

त्यसैगरी अन्य समुहमा २२ दशमलव ३१,जलविद्युतमा २० दशमलव ०३,विकास बैंकमा ९ दशमलव २, फाइनान्समा १ दशमलव ५४ अंकले बृद्धि भएको छ । बैंकिङ समुहको परिसुचक ३ दशमलव ३२ अंकले उकालो लागेको छ ।

यता उत्पादन समुहमा भने १३ दशमलव ०३ अंकले गिरावट आएको छ ।

सो दिन ६६ ओटा कम्पनीको १ लाख ११ हजार कित्ता शेयरबाट ३७ करोड ३९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL