Logo

सवै समूह ओरालो लाग्दा १६ दशमलव ८५ अंकले घट्यो नेप्से, ४१ करोड ९६ लाखको कारोवार

सवै समूह ओरालो लाग्दा १६ दशमलव ८५ अंकले घट्यो नेप्से, ४१ करोड ९६ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १६ दशमलव ८५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ४१ दशमलव ५६ अंकमा झरेर बन्द भएको हो ।

कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । आज कारोवारमा आएकामध्ये वीमा समुहको परिसुचक सवैभन्दा बढी ७४ दशमलव ५७ अंकले घटेको छ । त्यस्तै होटल ४२ दशमलव ४४, बैंकिङ समुह १९ दशमलव ८, विकास बैंक १४ दशमलव ८२ र उत्पादन ७ दशमलव ४५ अंकले ओरालो लागेको छ ।

त्यस्तै जलविद्युत ७ दशमलव ३, अन्य २ दशमलव ८९ र फाइनान्स समुह ० दशमलव ६३अंकले घटेको छ । मंगलवार १ सय ४० ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ७ लाख ९४ हजार कित्ता सेयरबाट ४१ करोड ९६ लाखको कारोवार भएके छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL