Logo

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, छ नगद र बोनस ?

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, छ नगद र बोनस ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनहिरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

laxmi

कम्पनीले चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाखको ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने ३ करोड २० लाख ३३ हजार ८ सय ५९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसरी कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL