Logo

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी सम्झौता

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी सम्झौता



काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. बीच सम्झौता भएको छ । बुधबार दुई संस्थाबीच व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

laxmi

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।

‘हरेक नेपाली शेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौता अनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गहरुलाई पुँजी बजारसंग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गर्नेछ । उक्त व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पु¥याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुरयाउनेछ भन्ने विश्वास कम्पनीले गरेको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन नेपाल सरकार कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पुर्व बैंकर लगायत विज्ञ व्यक्तिहरु संलग्न कम्पनीले सम्पत्ती व्यवस्थापन लगायत व्यवसायिक परामर्शको कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL