Logo

सीबीआईएल सेक्युरिटिजद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सीबीआईएल सेक्युरिटिजद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौँ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सीबीआईएल सेक्युरिटिजले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जसअन्तर्गत दुई दिने पुँजीबजार सम्बन्धी तालिम प्रदान गरिएको कम्पनीको भनाइ छ । पुँजीबजारमा युवाहरूको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई चैत्र ६ र ७ गतेका दिन पुँजीबजारको आधारभूत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो ।

नेपाल धितो पत्र बोर्ड बाट अनुमति पत्र प्राप्त धितो पत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरूलाई धितो पत्र कारोबार सेवा दिँदै आइरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL