Logo

कुमारी सबल योजनाको इकाई बाँडफाँट, ८ करोड ५० लाख इकाई सर्वसाधरणमा

कुमारी सबल योजनाको इकाई बाँडफाँट, ८ करोड ५० लाख इकाई सर्वसाधरणमा



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि फागुन १३ गतेसम्म विक्री गरेको कुमारी सबल योजनाको इकाई बाँडफाँट गरेको छ । क्यापिटलले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई माग गरे बमोजिम इकाई फागुन १६ गते बाँडफाँट गरेको हो ।

laxmi

बाँडफाँटमा नपरेको इकाई वापत्को रकम फिर्ता भुक्तानी कार्य फागुन १७ गतेदेखिनै अघि बढ्ने जानकारी क्यापिटलले दिएको छ । क्यापिटलले यस योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गरेको हो ।

कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई र १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणमा विक्री खुला गरी बाँडफाँट गरेको हो ।

यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको थियो । योजना व्यवस्थापकको जिम्मेवारी पाएको क्यापिटलले इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पुरा गरेको छ । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।

प्रतिक्रिया दिनुहोस्
MBL