Logo

कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन, न्यूनतम १०० इकाई आवेदन दिनुपर्ने

कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन, न्यूनतम १०० इकाई आवेदन दिनुपर्ने



काठमाडौँ । कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदकहरुले आज कार्यालय समय भित्रमा आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलका अनुसार माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।

laxmi

जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL