Logo

कुमारी क्यापिटलले ल्यायो नयाँ म्युच्युल फण्ड, ‘कुमारी सबल योजना’ को आजदेखि निष्काशन खुला

कुमारी क्यापिटलले ल्यायो नयाँ म्युच्युल फण्ड, ‘कुमारी सबल योजना’ को आजदेखि निष्काशन खुला



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले आज माघ २८ गतेदेखि कुमारी सबल योजना निष्काशन गरेका हुन् ।

laxmi

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ। क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL