Logo

कालंगा हाइड्रोको साधारण शेयर प्रत्याभूति सम्झौता, लक्ष्मी सनराईज क्यापिटल प्रत्याभुतिकर्ता नियुक्त

कालंगा हाइड्रोको साधारण शेयर प्रत्याभूति सम्झौता, लक्ष्मी सनराईज क्यापिटल प्रत्याभुतिकर्ता नियुक्त



काठमाडौँ । बझाङस्थित १५=३३ मेगावाट क्षमताको कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ । जारी पुँजी १ अर्ब ४० करोडमध्ये कम्पनीले सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् प्रति शेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ ।

laxmi

जसअनुसार रु ३४=९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु १४=१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभूति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको ललितपुरस्थित धोबीघाटमा रहेको कालंगा कम्प्लेसमा आयोजित कार्यक्रममा सञ्चालक तीर्थ राज चटौत तथा प्रत्याभूतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL