Logo

सनराइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने, ६ वर्षमा १५० प्रतिशत लाभांश वितरण गर्न सफल

सनराइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने, ६ वर्षमा १५० प्रतिशत लाभांश वितरण गर्न सफल



काठमाडौँ । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

laxmi

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आ.व. २०८०/०८१ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखापरीक्षकको नियुक्ति विशेष साधारण सभाबाट गर्ने निर्णय गरिएको छ ।

साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना सेयर होल्डरहरूलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । सनराइज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

कम्पनीले वर्तमान समयमा आफ्नो इन्भेस्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेको र उक्त म्युचुअल फण्ड मध्य सनराइज फर्स्ट म्युचुअलले आफ्ना चौथौँ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ। साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गरेको छ ।

उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रूपमा रहेको सन्राईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL