Logo

प्रभु क्यापिटलले दियो काठमाडौं बहिरा संघका सदस्यहरुलाई सेयर बजार सम्बन्धी १ दिने तालिम

प्रभु क्यापिटलले दियो काठमाडौं बहिरा संघका सदस्यहरुलाई सेयर बजार सम्बन्धी १ दिने तालिम



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘ग्लोबल मनि विक-२०२३’ को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चैत्र ११ गते शनिबारको दिन काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो ।

काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उतm कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुत गरेका थिए ।

कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो सेयर के कसरी चलाउने, सेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले सेयर बजारसम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब सेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।

कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको कार्य सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले कार्यक्रमको समापन मन्तव्य राख्दै ‘ग्लोबल मनि विक २०२३’ को अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताँउदै तालिम प्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको जनाउदै GMW को यस वर्षको विषयबस्तु Plan your Money, Plant your Future मूलनारा लिने यसको प्रमुख सन्देश युवा अबस्थाबाट नै व्यक्ति वित्तीय रुपमा सबल बन्न यो मूलनारा अनुशरण गरी लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरि सोलाई गुणात्मक वृद्घि गर्न पूँजी बजार समेत एक राम्रो स्रोत रहेको जानकारी दिदै उपस्थित सबैजनालाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन गरे ।

यसका साथै शारीरिक तथा मानसिक कमी कमजोरी भई अपांगता भएका ‘क’ तथा ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको समेत जानकारी दिए ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL