Logo

मायाखोला हाइड्रोको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?

मायाखोला हाइड्रोको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?



काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिहीबार बिक्री प्रबन्धक प्रभु क्यापिटलले सेयर बाँडफाँट सम्पन्न गरेको हो ।

laxmi

कम्पनीको आईपीओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकी रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र सेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जसअनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदकको हात खाली भएको छ ।

कम्पनीले माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ९२ हजार कित्ता निष्कासन गरेको थियो । आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।

१. बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट : https://www.prabhucapital.com/
२. सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL