Logo

GBIME

सुपरमाई हाइड्रोपावरको आईपीओ खुला, आजदेखि आवेदन दिन सकिने

सुपरमाई हाइड्रोपावरको आईपीओ खुला, आजदेखि आवेदन दिन सकिने



काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (माघ २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

Laxmi

कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई हो भने २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता मुक्तिनाथ क्यापटल लिमिटेड रहेको छ ।

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७१ असोज २७ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७४ असार १८ गतेदेखि भने पब्लिक कम्पनीको रुपमा परिणत भैई कारोबार सञ्चालन गरिरहेको छ ।

कम्पनीले २०७५ कार्तिक ११ गतेदेखि निरन्तर विद्युत उत्पादन गर्दै आइरहेको छ । कम्पनीले विद्युत उत्पादन गरेदेखिनै सेयरधनीहरुलाई हरेक वर्ष लाभांश वितरण गर्दे आएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ७।१५ प्रतिशत, आर्थिक वर्ष २०७७र०७८ बाट ११।५० प्रतिशत र गत आर्थिक वर्षको मुनाफा ३० प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ ।

कम्पनीको रजिष्टार्ड कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३०, ज्ञानेश्वर काठमाडौंमा रहेको छ । कम्पनीको जलविद्युत आयोजना केन्द्र इलामको इलाम नगरपालिका वडा नं ५ बरबोटेमा रहेको छ ।

कम्पनीले ७।८ मेगावटको सुपरमाई जलविद्युत आयोजनाबाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप सुपरमाई जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकारको ऊर्जा मन्त्रालयबाट २०७३ फागुन ३० गते विद्युत उत्पादनको अनुमति पाएको थियो । कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०७५ कार्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ ।

सो आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ५।७९ वर्ष रहेको छ भने डिष्काउन्टमा लगानी फिर्ता हुने अवधि ७।२७ वर्ष रहेको छ ।

चालु आर्थिक वर्ष अर्थात २०७९र८० मा कम्पनीले १२ करोड रुपैयाँ भन्दा बढी नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले यस अवधिमा १२ करोड १८ लाख ३१ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा पनि १२ करोड ३० लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०८१र८२ मा कम्पनीको सञ्चित मुनाफा २० करोड ४६ लाख ७१ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC