Logo

ग्लोबल आइएमई लघुवित्तले २० प्रतिशत लाभांश दिने, नगदभन्दा बोनस बढी

ग्लोबल आइएमई लघुवित्तले २० प्रतिशत लाभांश दिने, नगदभन्दा बोनस बढी



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये १२ प्रतिशत बोनस सेयर रहेको छ भने ८ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । अलघुवित्तको माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL