Logo

प्रभु क्यापिटलको अफर, खाता खोल्ने १० जनालाई आजीवन निःशुल्क डिम्याट सेवा

प्रभु क्यापिटलको अफर, खाता खोल्ने १० जनालाई आजीवन निःशुल्क डिम्याट सेवा



काठमाडौं । प्रभु क्यापिटलले अनलाईनबाट प्रभु क्यापिटलमा खाता खोल्न चाहने ग्राहकहरुको लागि हेली राइड अफर ल्याएको छ । पुस १ गतेबाट चैत्र ३० गतेसम्म लागू हुने यस योजनामा ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्ने क्यापिटलले जनाएको छ ।

laxmi

क्यापिटलको अनुसार यस योजना अवधिभर खाता खोल्ने ग्राहकमध्ये १० जनाले आजिवन निःशुल्क डिम्याट खाता सेवा पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइकुण्ड हेली राइड जित्नेछन् ।

यो योजनामा देश विदेशमा रहने नेपालीहरुले वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलको अनुसार अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफु अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL