Logo

सनराइज फोकस्ड इक्विटी फण्ड स्वीकृत, १ अर्ब २० करोड रुपैयाँ बराबरको फण्ड बिक्री गर्ने

सनराइज फोकस्ड इक्विटी फण्ड स्वीकृत, १ अर्ब २० करोड रुपैयाँ बराबरको फण्ड बिक्री गर्ने



काठमाडौं । सनराइज कस्ड इक्विटी फण्ड धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । सन‍्‍राइज बैंक लिमिटेडद्धारा प्रवर्द्धन गरिएको १ अर्ब २० करोड रुपैयाँ बराबरको इक्विटी फण्डले बोर्डमार्फत मंसिर १९ गते स्वीकृति पाएको हो ।

योसँगै बैंकले प्रति इकाई १० रुपैयाँ दरका १२ करोड इकाई फण्ड बिक्री गर्ने बाटो खुलेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सन‍्‍राइज क्यापिटल लिमिटेडले हाल सन‍्‍राइज फस्र्ट म्युचुअल फण्ड तथा सन‍्‍राइज ब्लूचिप फण्ड गरि दुईवटा सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL