Logo

इष्टर्न हाइड्रोपावरको आइपीओ निष्कासन तथा बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

इष्टर्न हाइड्रोपावरको आइपीओ निष्कासन तथा बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?



काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई असोज २८ गते (आज) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गरेको हो । ।

laxmi

जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले कार्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४।१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL