Logo

नबिल इन्भेष्टमेण्ट बैंकिंगले ल्यायो मिश्रित लगानी व्यवस्थापन सेवा, लगानीकर्तालाई यस्ता छन् फाइदा

नबिल इन्भेष्टमेण्ट बैंकिंगले ल्यायो मिश्रित लगानी व्यवस्थापन सेवा, लगानीकर्तालाई यस्ता छन् फाइदा



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । बैंकिंगले भदौदेखि नै लागू हुने गरी सेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

लगानीका विभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरुले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी संतुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ ।

सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड/डिबेञ्चर, ईक्विटी, आईपीओ/एफपीओ/हकप्रद सेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ ।

विशेषता

यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मूल्य बराबरको सेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ वर्षपछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ । डिस्क्रिसनरी पीएमएस सेवा अन्तर्गत संचालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको शतप्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सक्ने कम्पनीले जनाएको छ ।

सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । यद्यपी लगानीको व्यवस्थापन केवल सेयर बजारमा प्रवेश गरेर मात्र हुने चाँही होइन । अन्य उपकरणहरुमा लगानी गरेर पनि आफ्नो लगानीको व्यवस्थापन गर्न सकिन्छ । विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरेका धेरै उदाहरणहरु छन् । समयको अभाव, सेयरबजारमा पहुँच तथा मार्गदर्शन नपाएको कारणले विद्यमान घट्दो बजार जसले दिन प्रतिदिन लगानीको लागि मौका प्रदान गरिरहेकोछ र घट्दो बजारको लगानीबाट नै भविष्यमा राम्रो आम्दानी हुनसक्ने भएकोले यो मिश्रित लगानी व्यवस्थापन सेवा उपलब्ध गराईको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL