Logo

सर्वसाधारणका लागि सिक्लेस हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

सर्वसाधारणका लागि सिक्लेस हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गते (आज) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ वितरण गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

laxmi

कम्पनीले सर्वसाधारणमा कर्मचारी सहित प्रतिकित्ता रू. १०० अंकित दरका ११ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको छ । यी वाहेक बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो ।

लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज १२ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र वेवसाइट मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्पनीले कास्की जिल्लामा मद्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत उत्पादन गर्दै आएको हो । यस आयोजनाको कुल लागत रू.२ अर्ब ३१ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ८२ लाखभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL