Logo

अभियान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, यसरी गर्नुस आवेदन

अभियान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, यसरी गर्नुस आवेदन



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

laxmi

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

यो आइपीओ छिटोमा साउन २२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गते विक्री खुला हुनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा परेको आवेदनको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ समेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL