Logo

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई साउन २६ गतेदेखि विक्रीमा आउने

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई साउन २६ गतेदेखि विक्रीमा आउने



काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि नयाँ अर्को म्युचुअल फण्डको इकाई विक्री गर्ने भएको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुन लागेका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई विक्रीमा आउन लागेको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ हजार इकाई विक्री गर्न लागेको हो ।

laxmi

निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ ।

यी वाहेक बाँकी रहेको १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । यो इकाई खरीदका लागि छिटोमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ९ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

यी इकाई विक्रीको जिम्मेवारी समेत एनएमबि क्यापिटल लिमिटेडलनै पुरा गर्नेछ । इच्छुक खरीदर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर वेव तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ । दश वर्षे अवधिको बन्दमुखि प्रकृतिको योजना क्यापिटलले सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL