Logo

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार ५ अर्ब नजिक, बजारमा सुधारको संकेत

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार ५ अर्ब नजिक, बजारमा सुधारको संकेत



काठमाडौं । लामो समयपछि सेयर बजारमा करिब ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेले ओरालो यात्रा तय गरेसँगै कारोबार रकममा पनि गिरावट आएकोमा आज (बिहीबार) बढेर ४ अर्ब ९७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

laxmi

बिहीबार कारोबार रकम बढ्दा नेप्से परिसूचक १५ पनि अंकले उकालो लागेको छ । दिनभर उतारचढाव भएको बजार अन्तमा १५।४९ अंकले उकालो लागेको हो । कारोबार रकम बढ्दा नेप्सेमा २२१ कम्पनीको १ करोड १९ लाख कित्ता सेयर खरिदबिक्री भएको हो ।

बिहीबार बजारमा फाइनान्स, विकास बैंक, पर्यटन उपसमुहको परिसुचक २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यसैगरी यसैगरी जलविद्युत र मmाइक्रोफाइनान्स समुह पनि डेढ प्रतिशतले बढ्न पुगेको छ ।

करिब ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी अरुण काबेली पावरको १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ ला रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL