Logo

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने, मंगलबारसम्म झण्डै १० गुणा बढी आवेदन

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने, मंगलबारसम्म झण्डै १० गुणा बढी आवेदन



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनिको आईपीओमा १० गुणाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ६८९ वटा आवेदनबाट एक अर्ब ३८ करोड ७७ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७७ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

laxmi

जुन आवेदन माग भन्दा ९.९४ गुणा बढी हो । कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । सो आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३० हजार कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएकोमा र बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओबाट प्राप्त हुने रकम आयोजना निर्माणका लागि विभिन्न बैंकहरूबाट लिइएको कर्जा रकमको भुक्तानीमा उपयोग गर्नेछ । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी डबलबी (आईएस) निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL