Logo

नागरिक लगानी कोषले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

नागरिक लगानी कोषले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?



काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष ०७७र७८ को लाभांश घोषणा गरेको छ । असार ११ गते शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

laxmi

हाल कम्पनीको चुक्तापूँजी रू। ३ अर्ब २७ करोड रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL