Logo

मुक्तिनाथ क्यापिटलको नयाँ योजना, १,९९९ मा डिम्याट तथा मेरो शेयर खाता आजीवन नवीकरण गर्न सकिने

मुक्तिनाथ क्यापिटलको नयाँ योजना, १,९९९ मा डिम्याट तथा मेरो शेयर खाता आजीवन नवीकरण गर्न सकिने



काठमाडौं । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरो शेयर खाता” योजना सञ्चालनमा ल्याएको छ ।

laxmi

यस योजना अन्र्तगत रु.१,९९९ मा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिनेछ । उक्त डिम्याट तथा मेरो शेयर खाता आजीवन नवीकरण गर्न सकिने ब्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

साथै मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेको हितग्राहीहरुले समेत हाल सम्म भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकको डिम्याट तथा मेरो शेयर खाताको नवीकरण मुक्तिनाथ क्यापिटलले नै गरिदिने हुनाले हरेक बर्ष नवीकरण गर्नुपर्ने झन्झटबाट ग्राहक वर्ग मुक्त हुन सकिने कम्पनीले जनाएको छ । यो योजना २०७९ असार अन्तिम सम्म रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL