Logo

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले पाए सेयर

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले पाए सेयर



काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज अर्थात चैत २० गते आइतबार बाँडफाँड भएको हो ।कम्पनीले चैत्र ८ गते मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

laxmi

गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १०÷१० कित्ता सेयर प्राप्त गरेका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL