Logo

विन लघुवित्तले लगानीकर्तालाई साढे ११ प्रतिशत लाभांश दिने

विन लघुवित्तले लगानीकर्तालाई साढे ११ प्रतिशत लाभांश दिने



काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी साढे ११ प्रतिशत बोनस सेयर दिने भएको हो ।

laxmi

लघुवित्तको ७९औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको चुक्ता पूँजीबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड १५ लाख रुपैयाँ छ । यसको ११ प्रतिशत हुन आउने ६७ लाख ६५ हजार रुपैयाँ बोनस वितरण गर्ने भएको हो ।

यस्तै, चुक्ता पूँजीको ०.५ प्रतिशतले हुन आउने ३ लाख ३८ हजार २५० रुपैयाँ नगद वितरण हुन्छ । यो नगद लगानीकर्ताले पाउने बोनस सेयरको कर प्रयोजनका लागि दिइने लघुवित्तले जनाएको छ । लघुवित्तको यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL