Logo

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको लगानीकर्तालाई सेयर बजारसम्बन्धी जानकारीमुलक कार्यक्रम

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको लगानीकर्तालाई सेयर बजारसम्बन्धी जानकारीमुलक कार्यक्रम



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सेयर बजारसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ ।

laxmi

नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ७ सूदुर पश्चिम प्रदेशको धनगढीमा सोमबार सो कार्यक्रम संचालन गरेको कम्पनीले जानकारी दिएको छ ।

हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा संचालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंग विभाग प्रमुख बिकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए ।

स्थापना कालको १२औं वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । ५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।

यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL