Logo

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, कतिले पाउलान सेयर ?

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, कतिले पाउलान सेयर ?



काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार (आज) बाँडफाँट हुँदै छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको हुने भएको हो । फागुन ४ गतेदेखि ८ गतेसम्म विक्री भएको उक्त कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ ।

laxmi

अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर खरिद माग भएको हो । यो तथ्याङ्क भने अन्तिम बाँडफाँटमा फरक पर्न सक्ने विक्री प्रबन्धकले दिएको छ ।

कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशतअर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।

कम्पनीको आईपीओ ७९ हजार ४५० जना आवेदकले मात्र १० कित्ताका दरले पाउनेछन् । यस कम्पनीको अधिकृत पूँजी रू। ५० करोड रहेको छ भने जारी पूँजी रू २६ करोड छ । हाल रू १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् चुक्तापूँजी रू।२६ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL