GBIME

सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?


बिजखबर संवाददाता
3 February, 2022 2:49 pm

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ता सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

NLIC

मंगलबार राजधानीमा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । सिद्धार्थ इन्स्योरेन्सको हाल १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको रहेको छ ।

Citizenslife
प्रतिक्रिया दिनुहोस्

CIVIL