Logo

चिनियाँ स्टक र ऋणपत्रमा विदेशी लगानीको ओइरो, चिनियाँ नीतिले लोभिए लगानीकर्ता

चिनियाँ स्टक र ऋणपत्रमा विदेशी लगानीको ओइरो, चिनियाँ नीतिले लोभिए लगानीकर्ता



काठमाडौं । सन् २०२२ को सुरुवातमा चीनमा विदेशी लगानीको ओईरो लागेको छ । लगानीकर्ताहरुले चीनबाहेकको बजारमा बढ्दो कोरोना महामारीको प्रभाव र मुद्रास्फितिको चापका कारण चीनलाई भने लगानीको गन्तव्यका रुपमा लिएको देखिन्छ । गत बर्ष मात्रै चीनको ग्लोबल फण्ड म्यानेजर तथा शुद्धिकरण नियामकले पर्याप्त प्रतिफल नआउने भएपछि विभिन्न कोषको रकम आफु मातहत तानेको थियो ।

यसले अन्य बजारमा भएको अस्थिर अर्थतन्त्रका साथै उच्च मुद्रास्फितिको नियन्त्रणलाई सहयोग पुग्ने प्रतिवद्धता जनाईएको थियो । जुन बाहिरी बजारको अवस्थाको तुलनामा ठ्याक्कै विपरित हो । अमेरिकालगायत अन्य देशका केन्द्रिय बैंकहरुले पछिल्ला २ बर्षमा दिएका विभिन्न अतिरिक्त प्रोत्साहन तथा सहुलियतहरु फिर्ता लिने तयारी गरेका छन् । यता फेडरल रिजर्भले पनि विभिन्न आम्दानी, स्टक मूल्य र मुद्रास्फितिलाई कम गर्न चाँडो भन्दा चाँडो मौद्रिक कडाई गर्ने तयारी गरिरहेको छ ।

जसका कारण चालु बर्षभित्रै लगानीयोग्य ३० स्टकहरुमध्ये लगानीकर्ताहरुद्वारा सबैभन्दा बढी मन पराइएको बजार चीनको हुने म्याथ्यु एशियाका पोर्टफोलियो रणनीति प्रमुख डेभिड डाली बताउँछन् । ‘हामीलाई विश्वास छ चिनियाँ बजार सबैभन्दा कम जोखिमयुक्त र आकर्षित हुनेछन्,’ उनले भने । उनले नियामकको कम हस्तक्षेप, चिनियाँ राष्ट्रपनि सि जिनपीङको कार्यकाल निरन्तरता र अर्थतन्त्र प्रोत्साहनका लागि सरकारले देखाएको तत्परताका कारण चीनमा विदेशी लगानी उल्लेख्य बढ्ने बताए । यता फिडेलिटि इन्टरनेशनलले पनि चीनको स्टकलाई वैश्विक दृष्टिकोणबाट आकर्षक मानेको छ ।

‘चीनको नीति परिवर्तन स्पष्ट छ र हालैको तथ्यांकले पनि चिनियाँ अर्थतन्त्र स्थिर हुने दिशातर्फ जाँदै गरेको संकेत गर्दछ,’ सांघाईस्थित फेडिलीका फण्ड म्यानेजर झोउ वेङ्कुनले भने । सन् २०२२ को ३ हप्तामा चिनियाँ स्टकमा स्टक कनेक्ट स्किम योजनामार्फत आएको विदेशी लगानीले उक्त आकर्षणको प्रमाण देखाउँछ । मोर्गन स्ट्यान्लीका अनुसार सन २०२२ को सुरुवातको पहिलो ३ हप्तामा मात्रै चिनियाँ स्टकमा औषतमा ४१ करोड ३० लाख डलर बढीको प्रवाह भएको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि २०२१ मा कनेक्ट च्यानलमार्फत अनसोर इक्वीटीमा ६७ अर्ब डलर लगानी भएको थियो । तर, चीनको मुख्य ब्लुचिप इन्डेक्समा भने ५ दशमलव २ प्रतिशतको गिरावट आएको थियो । त्यसको सट्टा युएस स्टक २७ प्रतिशतले वृद्धि भएको थियो भने धेरैजसो युरोपिएन स्टकहरुको इन्डेक्स दोहोरो अंकले बढेका थिए । पछिल्लो समय चीन र अमेरिकाबीचको मौद्रिक विचलनका कारण चीनतर्फ ऋणपत्र लगानीकर्ताहरु पनि आकर्षित हुँदै गएका छन् ।

‘ऋणपत्र बजारले मूल्य वृद्धि चक्रमा खराव परिणाम दिईरहेको छ, तर चीनमा मौद्रिक नीतिले मूल्य वृद्धिमा ल्याएको सहजताले यसको सुरुवात हुने देखेका छौं,’ म्यानुलाईफ इन्भेष्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक पउला चानले भनिन् । उनका अनुसार चीनको मुद्रास्फिति अन्य देशको तुलनामा धेरै उच्च अर्थात खतराको संकेतसम्म पुगेको छैन जसका कारण ऋणपत्रमा लगानी राम्रो मानिएको छ ।

विदेशी पैसाको बढ्दो आप्रवाहले चिनियाँ युआनको मूल्य मुख्य ब्याजदर कटौतीका वावजुद पनि यो हप्ता पछिल्लो ४ बर्षकै उच्च हुन पुगेको छ । चीनमा विदेशी मुद्राको प्रवाह बढेसँगै चीनबाहेकका बजारमा यो रोकिएको आइआइएफले जानकारी दिएको छ । गत डिसेम्बरमा चीनमा १० अर्ब डलर प्रवाह हुँदा चीन बाहिरका बजारबाट ९ दशमलव ६ अर्ब डलर बाहिरिएको थियो । यो विश्वमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भएको आइआइएफले जनाएको छ । डलरको बलियोपन र अमेरिकामा उच्च ब्याजदर नै चिनियाँ स्कट मार्केटका लागि फलिफाप बनेको आइआइएफको भनाई छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL