Logo

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो ।

विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा कात्तिक २९ गते निवेदन दिएको हो ।

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सेबोनबाट अनुमति पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL