Logo

सामलिङ्ग पावरको आइपीओ बाँडफाँट, ६७ हजार ८९० जना भाग्यमानीले पाए १० कित्ताका दरले शेयर

सामलिङ्ग पावरको आइपीओ बाँडफाँट, ६७ हजार ८९० जना भाग्यमानीले पाए १० कित्ताका दरले शेयर



काठमाडौँ । मंगलबार सामलिङ्ग पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

laxmi

कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो ।

कम्पनीको आइपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले २ करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएका छन् भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको छ ।

स्वीकृत आवेदनमध्ये भाग्यमानी ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL