Logo

मध्य भोटेकोशीको आईपीओ बाँडफाँडको मिति तय, कहिले हुन्छ बाँडफाँड ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँडको मिति तय, कहिले हुन्छ बाँडफाँड ?



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गते, बुधबारबाट असोज २५ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड कार्तिक १२ गते, शुक्रबार हुने भएको छ । उक्त आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ ।

laxmi

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL