Logo

बुद्धभुमि नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्रै आवेदन दिनुुपर्ने

बुद्धभुमि नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्रै आवेदन दिनुुपर्ने



काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको साधारण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । बिहीबार कार्यालय समय भित्र कम्पनीको सेयरमा आवेदन दिइसक्नुपर्ने छ । बुधवारसम्म १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ता अर्थात माग भन्दा २७ गुणा बढी आवेदन परिसकेको छ ।

laxmi

आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर बाट आवेदन दिन सकिने छ ।

कम्पनीले असोज ११ देखि प्रति कित्ता एक सय रुपैयाँको दरले ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा १६ हजार कित्ता कर्मचारी ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको थियो । यसको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL