Logo

मञ्जुश्री फाईनान्सले साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

मञ्जुश्री फाईनान्सले साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने, कहिलेसम्म दिन सकिन्छ आवेदन ?



काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहअन्तरगतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु ३०० रुपैयाँ मात्र तोकिएको छ ।

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ श्रावण १४ गते देखि मिति २०७८ भाद्र ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आफुले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL