Logo

मनकामना स्मार्ट लघुवित्तको आइपिओ आजदेखि विक्रिमा, यसरी गर्नुस आवेदन

मनकामना स्मार्ट लघुवित्तको आइपिओ आजदेखि विक्रिमा, यसरी गर्नुस आवेदन



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि सर्वसाधारणका लागि आइपीओ खुलेको छ । कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपिओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो ।

laxmi

कुल कित्तामध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आइपिओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीको चुक्तापूँजी रू ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७.८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२।११ प्रतिशत आइपिओ विक्री गर्न लागेको हो । आइपिओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL