Logo

सेयरको अवैध कारोबार गरेको आरोपमा जनरल इस्योरेन्सका सञ्चालक अग्रवाल निलम्बित

सेयरको अवैध कारोबार गरेको आरोपमा जनरल इस्योरेन्सका सञ्चालक अग्रवाल निलम्बित



काठमाडौं । बिमा समितिले लगानी निर्देशिकाविपरीत सेयर कारोबार गरेको आरोपमा जनरल इस्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई निलम्बन गरेको छ । कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम रकमको मात्र सूचीकृत कम्पनीको सेयर किन्न पाउने नियमविपरीत १५५ प्रतिशतसम्म रकम सेयरमा लगानी अग्रवालले गरेको देखिएको छ ।

laxmi

त्यस्तै, आफ्नै प्रवर्द्धक कम्पनीको सेयर किनेको, सेयर किनेको, सेयर खरिद गर्न टीएमएसको युजर नेम र पासवर्ड मनोमानी ढंगले लिएको, सेयर बिक्री बापतको रकम इन्स्योरन्सको खातामा नपठाएको जस्ता अवैध गतिविधि देखिएपछि उनलाई समितिले निलम्बन गरेको छ ।

‘दीपेन्द्र अग्रवाल जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक हुन्छ । कम्पीको लगानी समितिको नेतृत्व उनले गरिरहेका छन् । पदको दुरुपयोग गरी बीमा समितिको निर्देशिका विपरीत हुने गरी लगानी गरेको थाहा पाएपछि उनीमाथि अनुसन्धान गर्न समितिले पदबाट निलम्बन गरी स्पष्टीकरण सोधेको छ,’ बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने, ‘स्पष्टीकरण आएपछि उहाँमाथि अनुसन्धान सुरु हुन्छ । दोषी पाइए कारवाही हुन्छ । निर्दोष पाइए निलम्बन फुकुवा हुन्छ ।’

समितिले वैशाख ३ गते पत्र लेखेर अग्रवाललाई उक्त जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकबाट निलम्बन गरेको सूचना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL