Logo

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुदै, १२ लाखभन्दा बढी आवेदकको हात खाली हुने

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुदै, १२ लाखभन्दा बढी आवेदकको हात खाली हुने



काठमाडौँ । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो ।

laxmi

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो ।

माग भन्दा बढी आवेदन परेपछि आवेदन दिएका साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर नपाउने भएका छन् । माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ । त्यस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL