Logo

हुण्डाईद्वारा ‘क्लिक टु बाइ’ सेवाको सुरुवात, गाडी खरिदको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै

हुण्डाईद्वारा ‘क्लिक टु बाइ’ सेवाको सुरुवात, गाडी खरिदको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै



काठमाडौ । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल लक्ष्मी हुण्डाईले ‘क्लिक टु बाई’ सेवा संचालनमा ल्याएको छ । हाल कोभिड–१९ को बदलिदों परिस्थितिलाई सहज बनाउनको लागि सानो प्रयास स्वरुप कम्पनीले आफ्नो ग्राहकहरुका लागि एक नौलो विक्री माध्यमको विकास गरेको हो ।

कम्पनीका अनुसार उक्त माध्यममार्फत ग्राहकहरुले सम्पर्क विहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडी खरिद गर्न सक्नेछन्।

लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट क्लिक टु बाई सेवाको सुरुवात गरेको छ । 

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै क्लिक टु वाई  पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् । 

यसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइन मार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिनसक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको  हुण्डाई क्लिक टु वाई प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा दश हजारको  सर्भिस भौचर प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस् र ल्युबरीकेन्टस्को खरिदमा प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुलाई यो सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट १ वर्षसम्म रहनेछ । 

प्रतिक्रिया दिनुहोस्
MBL