Logo

डाट्सनको रेडी-गो कार नेपाली बजारमा, मूल्य २३ लाख ९९ हजार

डाट्सनको रेडी-गो कार नेपाली बजारमा, मूल्य २३ लाख ९९ हजार



काठमाडौं । डाट्सनले आफ्नो नयाँ गाडी रेडि–गो नेपाली बजारमा प्रस्तुत गरेको छ। यो नयाँ रेडि–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरुले भरिपूर्ण सुविधाहरु रहेको कम्पनीले जनाएको छ।

यसले वास्तवमै बोल्ड एवं नवीनस्तरमा पु¥याउने विश्वास कम्पनीले लिएको छ। हचब्याकको स्लीक एवं बोल्ड लुक्सको साथ पूूर्ण क्रोम सराउन्डको साथ परिभाषित गरेको छ। भिज्यूअल अपिलिङ्गको लागि एल आकारको डीआरएल, स्लिक हेडल्याम्पको साथ सिल्भर सजावट, एलईडी फग ल्याम्प, १४ इन्च ह्विल्सको साथ पेनटेब्लेड डुअल टोन ह्विल कभर, एलईडी सिग्नेचर टेल ल्याम्प तथा डोर ट्रिमको साथ फेब्रिक जस्ता सुविधाहरु समावेश गरिएका छन्।

नयाँ डाट्सन रेडि–गोको १.०एल टी (ओ) को शोरुम मूल्य २३ लाख ९९ हजार रुपैयाँ राखिएको छ।

निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोकका अनुसार “नयाँ डाट्सन रेडी–गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन रहेको छ।

यो जापानिज प्रविधिद्वरा निर्माण गरिएको छ, यसमा सेगमेन्ट लिडिङ्ग सुविधाहरु विद्यमान् रहेका छन्। यसमा भएका सुविधा एवं विशेषताहरुले आजका युवा वर्गका अधिकांश आवश्यकताहरुलाई सहजै पूरा गर्नेछन्। ‘हामीले डाट्सनको भ्यालु पोजिसनलाई अझै विस्तारित गरी प्रोग्रेसिभ मोविलिटीलाई बढाउँदै गइरहेका छौँ’, उनले भने।

सर्वोत्कृष्ट सुविधा एवं स्वामित्व
हचब्याकमा १८७ एम एम को सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फोर्टले सेडानको जत्तिकै सुविधा उत्कृष्ट सुविधा प्रदान गर्दछ। यसमा एउटा आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्दछ। नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिन्छ।

नयाँ रेडि–गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन्ः यसमा ८ इन्चको टच स्क्रीन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्ले मार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ। प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन इन्स्ट्रुमेन्ट प्यानल पनि रहेको छ।

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ। ठूलो दृर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बढी स्टक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ। त्यस्तै यसमा साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यू क्यामरा पनि रहेको छ।

यो चाडबाडको मौसममा नयाँ रेडि–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुने छ। त्यसै गरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन्। त्यसै गरी स्मार्ट ड्राइभ अटोको भेरियन्ट पनि छिट्टै उपलब्ध हुनेछ।

नयाँ रेडि–गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ। स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको छ। डाट्सनले १ वर्षको वा २०,००० किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको छ र यो प्रवर्धनात्मक अवधिमा खरिद गर्नुहुने ग्राहकहरुलका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३०,००० किलो मिटर सम्म वारेन्टी प्राप्त हुनेछ। त्यसै गरी खरिद कर्ताले चालु आ.व. को सवारी कर तथा काठमाडौं उपत्यका भित्र रोडसाइट सेवा पनि प्राप्त गर्नुहुने छ।

प्रतिक्रिया दिनुहोस्
MBL