Logo

यामाहाको ‘रे जेडआर १२५’ नेपालमा सार्वजनिक, मूल्य २ लाख ५४ हजार ९ सय

यामाहाको ‘रे जेडआर १२५’ नेपालमा सार्वजनिक, मूल्य २ लाख ५४ हजार ९ सय



काठमाडौं । यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ स्कुटर भर्चुअल रुपमा सार्वजनिक गरेको छ।

laxmi

कम्पनीले बुधबार ‘रे जेडआर १२५’ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। यो स्कुटरमा १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन रहेको छ। यसले ६ हजार ५ सय आरपिएममा अधिकतम ८ बिएचपी पावर र ५ हजार आरपिएममा ९.७ एनएम टर्क उत्पन्न गर्छ।

५.२ लिटर फ्युल ट्यांक क्यापासिटी रहेको जेडआर १२५ को माइलेज ६६ किलोमिटर प्रति लिटर हुने कम्पनीको दाबी छ। त्यस्तै यसमा युनिफाइड ब्रेकिंग सिस्टम (युएसबी) छ, जसले स्कुटरको ब्रेकिंग सिस्टमलाई अब्बल बनाउने कम्पनीको दावी छ।

यसमा जडित डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटरले राइडरलाई मोटरसाइकलको स्थिती थाहा पाउन सघाउँछ।

रे जेडआर १२५मा १२ इन्चको एलोइ ह्विल, मल्टी फक्सन की, फोल्डेबल हुक, युएसबी चार्ज, साइड कटअफ स्विच जस्ता फिचर रहेका छन्। कम्पनीले यसको मूल्य २ लाख ५४ हजार ९ सय निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL