Logo

आईएमएसको स्याङयोङ सुपर डिस्काउन्ट अफर : गाडी किन्दा ३ लाख छुट, एक्स्चेन्जमा २ लाख बोनस

आईएमएसको स्याङयोङ सुपर डिस्काउन्ट अफर : गाडी किन्दा ३ लाख छुट, एक्स्चेन्जमा २ लाख बोनस



काठमाडौं । स्याङयोङले सवारी ग्राहकलक्षित चाडपर्व योजना ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता आईएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ अफर सर्वाजनिक गरेको हो ।

laxmi

अफरमा ग्राहकले कोरियन लग्जरी एसयूभी एक्सएलभी खरिदमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले आफ्ना पुराना सवारीलाई टिभोली वा एक्स्एलभीसँग एक्सचेन्ज गर्दा २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिन्छ ।

कम्पनीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा लड्नेका लागि विशेष डिस्काउन्ट पनि दिने भएको छ । डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी तथा सुरक्षाकर्मीले स्याङयोङ गाडी किन्दा थप १ लाख रुपैयाँ छुट पाउँछन् ।

स्याङयोङ सवारी खरिदमा एक वर्ष निःशुल्क बिमा, २५ हजार बराबरको निःशुल्क एसेसोरिज, ७ वर्ष सजिलो फायनान्स, तीन वर्ष वारेन्टी, निःशूल्क सर्भिसिङ (४ पटक वा रिफरल ग्राहकका लागि १ वर्ष सम्म) पाइन्छ । स्याङयोङ सुपर डिस्काउन्ट अफर असोज ७ गतेदेखि असोज २० गतेसम्म मात्र हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL