Logo

सुजुकिको नयाँ शोरुम बागलुङमा, सर्भिसिङ र स्पेयरपार्टस पनि उपलब्ध

सुजुकिको नयाँ शोरुम बागलुङमा, सर्भिसिङ र स्पेयरपार्टस पनि उपलब्ध


रामराजा श्रेष्ठ
81
Shares

बिजखबर संबाददाता
१ असोज,काठमाडौं । सिजी मोटोकोर्पले बागलुङमा आफ्नो पहिलो शाखा स्थापना गरेको छ । कम्पनी सुजुकिको नेपालका लागि आधिकारीक विक्रेता हो ।

सो अवसरमा सिजि मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले बागलुङमा नयाँ शोरुम उद्घाटनको घोषणा गर्न पाउँदा खुसी लागेको बताए । साथै ग्राहकहरुको जिवन सजिलो बनाई उनिहरुलाई सन्तुष्ट बनाउन हामी सधैं तत्पर रहेको जानकारी दिए ।
‘बागलुङ्गमा हाम्रो थप नयाँ शोरुमले त्यस ठाउँको बासिन्दालाई सुजुकि गाडि किन्न र आकर्षक अफरहरु यो शोरुमबाट पाउन पनि सजिलो बनाउने छ’ उनले भने ।

सुजकीको डीलर इनचार्ज मञ्जुल अमात्यले बागलुङमा खोलिएको यस नयाँ शोरुमले नेपालका अन्य शोरुम र पोखराको शोरुम बराबरकै योजनाहरु र मूल्य प्रदान गर्ने बताए ।
साथै यसको अतिरिक्त दशैं र तिहारको नयाँ योजना “चमत्कार” नयाँ शोरुममा पनि मान्य हुने जानकारी दिए ।

बागलुङ्को नयाँ शोरुमको कार्यकारी अधिकृत तेजेन्द्र पौडेलले भने “कुनै पनि गाडी खरिद गरेपछि ग्राहकले सर्भिसिङ्ग र स्पेयर्सपार्ट बागलुङ्ग शोरुमबाट सजिलै प्राप्त गर्न सक्नेछन् ।”

सिजि मोटोकोर्पले हरेक वर्ष आकर्षक र नयाँ योजना ल्याउने क्रमलाई जारि राख्दै, यो वर्ष पनि ग्राहकहरुको लागि नयाँ र उत्कृष्ट योजना प्रस्तुत गरेको छ । दशैं र तिहारको लागि नयाँ योजना “चमत्कार” अन्तर्गत ग्राहकहरुले बम्परमा सुजुकि एस क्रश रु.७.५ लाखसम्मको छुट र अरु थुप्रै आकर्षक उपहारहरु पाउन सक्नेछन् । अन्य आकर्षणको रुपमा, ४ वर्ष वारेन्टी, न्यूनतम मूल्यमा बुकिङ र रु.१० हजारसम्मको सभिसिङ्ग कुपन रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL