काठमाडौँ । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) सँग सहकार्य गरेको छ ।
२०८२ साल भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न १७ औं वार्षिक साधारण सभा (AGM) मा जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो सहकार्य गरेको हो ।
कोभिड–१९ महामारीपछिका कठिनाइहरू पार गर्दै इँटा उद्योग बिस्तारै पुनः अघि बढिरहेको छ । अहिले धेरै इँटाभट्टा व्यवसायीहरू आफ्ना उपकरण अपडेट गर्न र सञ्चालन सुधार गर्न लागिपरेका छन् । यस एजीएममा सहभागिता मार्फत् जेसिबी नेपालले उद्योगका महत्वपूर्ण सरोकारवाला र नीति निर्माताहरुसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ ।
कार्यक्रममा जेसिबी नेपालले उच्च दक्षता, बहुउपयोगी क्षमता र मजबुतीका लागि परिचित ११ मिटर क्षमताको टेलिह्यान्डलर JCB Telehandler 530-110 प्रदर्शन गरेको थियो ।