Logo

दशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार

दशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार



काठमाडौँ । यो दशैंमा सोकोन नेपालले ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्ने भएका हुन् । अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन् ।

यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै सोकोन ईभी भ्यानमा भ्याल्यु पनि थप्नेछन् । ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुंग ग्यालेक्सी A07 (6+128GB) स्योरशट उपहारका रूपमा दिइनेछ । यसले ग्राहकलाई सजिलै बुकिङ गर्न र चाडपर्वको तयारी गर्न सहयोग पुर्याउने छ ।

यस स्किममा १ वर्षको फुल–इन्स्योरेन्स (अटो प्लस) समावेश छ । क्यासलेस इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध छ । जसले इन्स्युरेन्स क्लेम गर्न झन् सजिलो बनाउँछ । विशेष दशैं अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्नेछ । ग्राहकलाई चाडपर्वको बेलामा थप आर्थिक बोझबाट मुक्त बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This