Logo

मोरङ अटो वर्क्स–जेसीबि ‘बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३’ द्धारा सम्मानित

मोरङ अटो वर्क्स–जेसीबि ‘बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३’ द्धारा सम्मानित



काठमाठडौं । मोरङ अटो वर्क्स-जेसीबि बेस्ट साउथ एसिया रिजन डिर्स अवार्ड २०२३द्धारा सम्मानित भएको छ । फेब्रुअरी ९, २०२४ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमका माझ मोरङ अटो वर्क्स–जेसीबी लाई उक्त अवार्ड प्रदान गरिएको थियो।

laxmi

सो अवसरमा वक्र्सका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले जेसीबि यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड तथा जेसीबि ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीका बाहुबलीबाट सम्मान ग्रहण गरेका थिए ।

‘ यस प्रकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा हामी अत्यन्तै गौरवान्वित छौँ। मोरङ अटो वर्क्स–जेसीबिलाई यस स्थानसम्म ल्याईपुर्याउन सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ ,’ सम्मान ग्रहण गर्दै अग्रवालले भने ‘म जेसीबि टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा पुग्नमा सहयोग गर्ने भन्ने लागि आभारी छु। भविष्यमा थप उपलब्धिहरूको दिशामा हामी देख्दछौँ।’

प्रतिक्रिया दिनुहोस्
MBL